कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले पशुहरुको गोठदेखि ओठ सम्म भन्ने नारा र अभियानका साथ बृहत पशुहरुको उपचार गरको छ ।
वडा नम्बर ११ को आयोजना तथा जिल्ला भेटेनरी पशु कर्यालयको आर्थिक सहयोग एवम् ५ नम्बर प्रदेश पशु कर्यालयको विशेष सहयोगमा एक दिने पशु शिविर सम्पन्न भएको वडा अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो । वडा भित्रका पशु किसानहरुको उपस्थितिका बिच वाणगंगा नगरपालिकका मेयर मंगल प्रसाद थारुले शिविरको उद्धघाटन गर्नुभएको थियो ।
वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा संचालन गरिएको पशु शिविरमा ५ सय ५० बढि पशुहरुको बाँझोपन, चर्चरे, भ्यागुते लगाएत पशुहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार र निदान गरिएको छ । जिल्ला पशु कार्यालयका प्रमूख डा.रुपनारायण श्रेष्ठ, रामप्रसाद तिवारी लगाएत १५ बढि पशु रोग विशेषज्ञ चिकित्सकहरुले पशुमा लाग्ने रोगको उपचार गर्नुभएको छ ।
शिविर संचालनका लागि वडा अध्यक्ष सोमनाथ अर्यालले विशेष भुमिका खेल्नुभएको शिविरको उद्धघाटन कार्यक्रममा अर्यालले पशुहरुको गोठदेखि अोठ सम्म भन्ने नारा र अभियानलाई सार्थक बनाउनका लागि यो कार्यक्रमले विशेष गरी पशु किसानहरुलाई अन्त्यन्त लाभ दिने विश्वास व्यक्त गर्नुभयो । शिविरमा आफुले पालेका पशुहरुको उपचार गराउन पाउँदा वडा नम्बर ११ का कृषकहरु पनि हर्षित र खुसि भएका थिए ।