पुष लागे सँगै चिसो बढ्यो, बिहानै देखि बाक्लो हुस्सुको प्रभाव

पुष १ कपिलवस्तु

केहि साता अघि देखि नै सामन्य चिसो बढेको तराईमा आज देखि भने हुस्सु नै लागेको छ । विशेष गरी कपिलवस्तुमा मंगलबार देखि अत्याधिक चिसो बढेको हो । चिसो बढे सँगै जनजिवन एक बिहानै देखि प्रभावित भएको छ । चिसो हावा सँगैको सितलहरले विशेष गरी वालवालिका तथा बृद्धबृद्धाहरुलाई बढि प्रभाव पार्ने गर्दछ । यस वर्ष केहि ढिलो गरी जाडो सुरु हुने अनुमान गरिएता पनि पुषको पहिलो दिनबाटै चिसो सुरु भएको हो । चिसो बढे सँगै मानिसहरु गाउँ टोल र हरेक घरहरुमा दाउरा बालेर आगो ताप्ने पनि गरेका छन् ।
यता जिल्लाको वाणगंगा नगरपालिकाले चिसो मौसम सँगै हुने सितलहर र हुस्सुका बेला जनजीवन प्रभावित बन्ने भन्दै नगरपालिका भित्रका सामुदायिक वनहरुलाई आवस्यक दाउराको व्यवस्थापन गर्न अनुृरोध गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले चिसोसँगै हुने सितलहरलाई ध्यानमा राखेर आ आफ्नो क्षेत्रमा दाउराको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरको हो ।
कसरी बच्ने चिसोबाट ?
झोलिलो पदार्थ
चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।
न्यानो कपडा
बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ ।
आगो ताप्ने
आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।
तेल मसाज
चिसो समयमा शरिरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।
बालबालिकालाई तेल मसाज
चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरिरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरीदिनुपर्छ ।
मर्निङ वाक नगर्ने
खासगरी मर्निङवाक गर्नेहरु सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदुषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण विहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ ।
तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...