६४औं प्रहरी दिवसका अवसरमा वडा अध्यक्ष पौडेल सम्मानित ।

गणेश पोख्रेल वाणगंगा अनलाईन

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ६४औं प्रहरी दिवसका अवसरमा तौलिहवा जिल्ला प्रहरी कार्यालय परिषरमा विभिन्न कार्यक्रम सपन्न गरेको छ ।
दिवसको अवसरमा नागरिक खुसी भए प्रहरी पनि खुशी हुने हुँदा त्यसका लागि सत्य, सेवा, सुरक्षणमको मूलमन्त्रलाई आत्मसात गरी काम काम गर्दै आएको नेपाल प्रहरी अनुसन्धान र अन्य बिषयमा पनि विश्व मै अवल मानिन्छ सोही अनुरुप कपिलवस्तुमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतका प्रहरी गतिविधिहरुमा सक्रिय सहभागिता जनाई प्रहरी र समुदायको समन्वय एवम् सहकार्य अभिबृद्धि गर्न प्रशंसनिय भुमिका निर्वाह गरेकोमा धन्यवाद स्वरुप प्रसंसा पत्र प्रदान गरीएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, मायादेवी गांउँपालिका अध्यक्ष बजरंगी कुर्मी, शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी, विभिन्न पार्टीका प्रमुख प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल,राजनितिक दल कार्यालय प्रमुख, पुर्ब प्रहरी कर्मचारीहरु,समाजसेबी,बुद्धिजीवी संचारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...