Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

पूर्व स्वास्थ्य मन्त्री थापाद्धारा वाणगंगा अनलाईनको विधिवत उद्धघाटन गर्दै

वाणगंगा अनलाईन पौष १ कपिलवस्तु

सुचाना र संचार जगतमा पछिल्लो समयमा डिजिटल पत्रकारीता प्रभावकारी बन्दै गएका बेला कपिलवस्तु जिल्लाबाट केहि महिना अघि डिजिटल पत्रकारीता सुरु गरको वाणगंगा अनलाईनको मंगलबार विधिवत उद्धघाटन हुने भएको छ । बुद्ध रंगशालामा जारी ११ औँ कपिलवस्तु महोत्सवको समापन समारोह सँगै वाणगंगा अनलाईनको पनि उद्धघाटन गर्ने तयारी गरिएको हो । पछिल्लो केहि महिनामै कपिलवस्तु सँगै प्रदेश ५ मै लोकप्रिय बन्दै गएको वाणगंगा अनलाईनको उद्धघाटन संघिय सरकारका पूर्व स्वस्थ्य मन्त्रि गगन थापाले गर्ने कार्यक्रम रहेको छ । मंगलबार दिउसो २ बजे अनलाईनको उद्धघाटन गर्ने कार्यतालिका रहेको छ ।
गत कात्तिक ७ गते विधिवत रुपमा प्रेश काउन्सिल र सूचना विभागमा दर्ता भई औपचारीक सेवा सुचारु गरको भए पनि विधिवत उद्धघाटन आज हुने भएको हो । वाणगंगा अनलाईनको अध्यक्ष गणेश पोख्रेल सहित प्रधान सम्पादक राजेन्द्र खनाल, सम्पादक छत्रपणी पाण्डे लगाएतको समूहले अहिले यो अनलाईन संचालन गरिरहेका छन् । विश्वस्नीय र निश्पक्षता नै पहिलो प्राथामिकतामा राखि वाणगंगा अनलाईनले सूचनाका हरेक विषयहरुलाई नागरिक समक्ष प्रस्तुत गर्ने गरको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...