Archives


बर्दियाको फुटाहामा लागुऔषध चरेशसहित २ जना पक्राउ

पुस १

बर्दियाको फुटाहामा लागुऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । प्रहरीको टोलिले चेकजाँचका क्रममा चरेस भारततर्फ लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक धन बहादुर केसी कमाण्डमा खटेको टोलिले मंगलबार बिहानै फुटाहाबाट १७ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको हो । मंगलबार बिहानै देखि ड्युटीमा रहेको समयमा करिब ४ बजे दुई जना नयाँ मान्छे देखिएपछि सोधपुछ गर्न खोज्दा भाग्न लागे पछि पक्राउ गरेको प्रहरी नायब निरीक्षक धन बहादुर केसीले बताए।

पक्राउ पर्नेमा रोल्पा जिल्ला रोल्पा नगरपालिका २३ बर्षिय सजिन बिक र २४ बर्षिया निर्मला बुढा मगर रहेका छन् । बर्दियाको गुलरिया बाट पनि यस अघि ५८ केजि चेरश सहित ५ जना पक्राउ परेको थियो साथै केही दिन अघि मात्र पनि प्रहरीले बेबारिसे अवस्थामा ११ केजि चरेश पनि वरामद गरेको थियो ।

पछिल्लो समय बर्दियाबाट खुला सिमानाको फाईदा उठाउदै लागू औषध चरेश ओसार प्रसार हुने थाले पछि जिल्ला प्रहरी कार्यालय बर्दियाले सिमा क्षेत्रमा प्रहरिको सक्रियता बढायको प्रहरि उपरिक्षक राजेश बास्तोलले बताए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...