पूर्व मन्त्रि गगन थापाद्धारा वाणगंगा अनलाईनको विधिवत उद्धघाटन

पौष १ कपिलवस्तु

कपिलवस्तु जिल्लालाई केन्द्रिय कार्यालय बनाउँदै पत्रकारिता जगतमा नयाँ आयाम सुरु गरेको वाणगंगा अनलाईनको आज विधिवत उद्धघाटन भएको छ । गत कात्तिक ७ गते प्रेश काउन्सिल र सूचना विभागमा दर्ता भई समाचार र सूचना संप्रेषणमा निरन्तर अगाडि देखिएको वाणगंगा अनलाइनको आज ११ औँ कपिलवस्तु महोत्सवको समापन समारोहमा पूर्व स्वास्थ्य मन्त्रि गगन थापाले उद्धघाटन गर्नुभएको हो । आज वाणगंगा अनलाईनको उद्धघाटन भए सँगै डिजिटल पत्रकारितामा थप उर्जा प्रदान हुने विश्वास लिइएको छ । अनलाईन पत्रिकाले समाचार संप्रेषणमा निश्पक्षता र विश्वस्नियतालाई पहिलो प्राथामिकता दिएको छ ।
वाणगंगा अनलाईनबाट अनलाईन समाचार सँगै सामुदायिक रेडियो वाणगंगा ९०.६ मेगाहर्जबाट प्रसारण हुने हरेक कार्यक्रमहरुलाई प्रत्यक्ष सुन्न सकिन्छ भने वाणगंगा अनलाईन नामक फेसबुकबाट पनि रेडियोका हरेक गतिविधिहरु सँगै ताजा र निश्पक्ष समाचार पढ्न र हेर्न पनि सकिन्छ । वाणगंगा मिडिया ग्रुप प्रालिद्धारा संचालित वाणगंगा अनलाईन कपिलवस्तु जिल्ला सँगै ५ नम्बर प्रदेशलाई मुख्य आधारभुमि मानी स्थापित अनलईन डिजिटल पत्रिका हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...