देश विकासको जिम्मा अब युवाहरुको काँधमा आएको छ : कांग्रेस नेता गगन थापा

कपिलवस्तु, पुष १

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले देश विकासको जिम्मा अब युवाहरुको काँधमा आएको बताएका छन् ।

११ औँ कपिलवस्तु महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमखु अतिथि समेत रहेका थापाले बर्तमान सरकारले पनि जनताको आवश्यकता पुरा गर्न नसकेको औँल्याउँदै पार्टी भन्दा व्यक्ति चनाखो हुनुपर्ने अवस्था आएको बताए । उनले सरकारले सरकारीकरण गरिएका औद्योगिक क्षेत्रहरुबाट कांग्रेसले फाईदा उठाएको सरासर झुठ भएको भन्दै सबै औद्योगिक क्षेत्रहरु निजी स्रोतले सञ्चालन गर्न आवश्यक रहेको बताए ।

युवा नेता थापाले जुनसुकै पार्टीको सरकार भएपनि जनतालाई शिक्षा, स्वास्थय र रोजगार उपलब्ध गराउँनुपर्ने जिकिर गरे । उनले जनताबाट चुनिएका जनप्रतिनिधि आए पछि वा दुई तिहाईको सरकार आएपछि देश संवृद्धिको बाटोमा जान्छ भनि एक पछि अर्को गर्दै आश्वासन दिएपनि जनताहरुले अब कुनै बाहाना सहन नसक्ने पनि जिकिर गरेका थिए । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले आफु स्वास्थ्य मन्त्री हुँदा नेताहरुले सरकारको ढुकुटीबाट उपचार खर्च गर्न नपाईने सर्वसाधारण सरह नै उपचार आफै व्यहोर्नुपर्ने खालको निती ल्याएकाले यसको पुणर््ा रुपमा कार्यान्वयन हुनुपर्ने बताए ।

मंसिर १९ गतेदेखि सुरु भएको महोत्सवको समापन कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पन्थी, अतहर कमाल मुसलवान, वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्र पाणि अर्याल, अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै युवाहरुले कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनमा अहम भुमिका पु¥याएको बताए । त्यस्तै नवौँ कपिलवस्तु डान्स आईडलको उपाधि चुम्नका लागि ४ जना बिच कडा भईरहेको छ । यो समाार तयार पार्दा सम्म आईडलको नतिजा सार्वजनिक नभएको र अब केहि छिनमा सार्वजनिक गरिने डान्स आईडल संयोजक अमृत केसीले जानकारी दिएका छन् ।

महोत्सव उत्साहजनक रुपमा सम्पन्न भएको र आयोजकको लक्ष्य अनुरुप नै दर्शकले मेला अवलोकन गरेको तथा आर्थिक कारोबार पनि लक्ष्य अनुरुप नै भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताए । त्यस्तै महोत्सव संयोजक राजकुमार खाँणले मेला सभ्य र भव्य रुपमा सम्पन्न गर्न अहम भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

आयोजक वाणगंगा वेलफेयर सोसाईटिका अध्यक्ष एवम् मेलाका संयोजक राजकुमार खाँणको अध्यक्षता तथा सोसाईटिका महा सचिव एवम् महोत्सवका निर्देशक दिनेश क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनितिक दल, विद्यलाय, संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा क्रियाशिल पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...