निशा खानाल बनिन नवौँ कपिलवस्तु डान्स आईडल

पुष १ जितपुर

११ औा कपिलवस्तु महोत्सव अन्र्तगतको सर्वाधिक चासोका साथ हेरिएको नवौँ कपिलवस्तु डान्स आईडलको उपाधि निशा खनालले चुम्न सफल हुनभएको छ । कपिलवस्तु महोतसवको आकर्षणको रुपमा रहेको नवौँ कपिलवस्तु डान्स आईडलको नतिजा मंगलबार बेलुकी साढे सात बजे सार्वजनिक भएको थियो । खनालले आईडलको उपाधि चुमे सँगै नर्वा डान्स आईडलमा द्धितीय स्थान अमिसा विक प्राप्त गर्नूभयो भने तृतीय कुशुम दर्लामीलेर सान्त्वना अनिल विक हुन सफल हुनुभएको छ । आईडलको उपाधि चुमे संगै डान्स आईडल खनालले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैँया सहित विभिन्न आकर्षक मायाको चिनो पनि हात पार्नुभएको छ । डान्स आईडलको नतिजा सार्वजिक गर्दै गर्दा हजारौँ दर्शक र आइडल समर्थकहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...