Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

बाणगंगा ९ भलवाडमा सराय नाचको रौनक

वाणगंगा अनलाईन भलवाड ,असोज २४

वाणगंगा ९ भलवाडमा पनि आज सराए नाच सम्पन्न भएको छ । हिन्दु धार्मिक,परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि सराए नाच सुरु गरीएको समाजसेवी रोम बहादुर खत्रीले बताए । सराए नाचमा बाजा, सनाई, झ्याली लगाएतका बाजाहरुको तालमा युवायुवती,बृद्धा, समाजसेवी सवैले हातमा खुडा,खुकुरी,तरवार लिई एक अर्कामा भाईचाराको सम्वन्ध होस भनि डुङ्ग—डुङ्ग ह वाख्खै भन्दै नाच्दै दुर्गा भवानी मन्दिर परिसर वरीपरी र भलवाड गाउँको परिक्रमा गरेका थिए । पूजा घरमा राखिएको फूलपाति विसर्जनका लागि बाजागाजा सहितका टोली नजिकैको स्थानिय धिरीखोलामा धार्मिक विधि अनुसार विसर्जन पनि आजै गरीएको छ । वर्षमा एकपटक धर्ती छोड्नु पर्छ भन्ने पौराणिक मान्यता अनुसार दुर्गा भवानी मन्दिर समितिले लिङ्गे पिङ्गको व्यवस्था मिलाएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...