त्रिशक्ति युवा क्लवको १३ औं बार्षिक उत्सव सम्पन्न

पौष ०२, अर्घाखाँची

अर्घाखाँचीको सितगंगा नगरपालिका १२ डोहोटे स्थित त्रिशक्ति युवा क्लवको १३ औं बार्षिक उत्सव कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ ।
वि.सं.२०६३ सालमा स्थापना भएको क्लवको आज क्लबका अध्यक्ष दुर्गा घर्ति मगरको अध्यक्षता तथा शितगंगा नगर प्रमूख सुर्य प्रसाद अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा क्लबका संस्थापक तथा संरक्षक बाबा योगिराज, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, वडाध्यक्ष बाबुराम गैरे, बाणगंगा सब डिभिजन वन कार्यलयका प्रमुख जितेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यलय ठाडाका ईन्चार्ज गणेश बहादुर नराल सहित स्थानिय समाजसेवी मोति बेल्बासेको विशिष्ठ आतिथ्यता रहेको क्लबले जनाएको छ । रहनु भएको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष चोप बहादुर घर्ति मगर, समाजसेवी देविराम गैरे, क्लबका पूर्व अध्यक्षहरु, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा नगर प्रमूख अधिकारीले क्लबलाई नगरपालिकाबाट आवश्यक परेको बेलामा सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । सिर्जनात्मक कार्य सँगै सामाजिक हितका लागि पनि अग्रसर हुन आग्रह गर्नुभएको छ । वडाध्यक्ष बाबुराम गैरेले वडाको समानुपातिक विकास सँगै वाडका युवाहरुलाई संगठित गर्ने काममा क्लब लागेको बताउनु भयो । हाम्रा अर्घाखाँची सम्वातदाता उमेश बन्जाडेले खबर पठाउनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...