Archives


जगदिशपुर क्षेत्रमा सरसफाई गरियो

प्रकाश चन्द्र खनाल ,पुस २, २०७६

कपिलवस्तु नगरपालिका ९ जगदिशपुरमा वडा स्तरिय सरसफाइ कार्यक्रम अन्तर्गत आज कनकमुनी माबिमा प्राबिधिक धारका बिद्यार्थीहरुको सकृयतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा ९ र १० का बिद्यार्थी सहभागी रहेको सरसफाइ कार्यक्रममा विद्यार्थीहरुले बजार क्षेत्र सँगै जगदिशपुर ताल वरिपरि सरसफाइ गरेका छन् ।

वडा न ९ का वडाअध्यक्ष शिव वाग्ले, बिधालयका शिक्षक, विद्यार्थीहरु, सँगै सरसफाइ कार्यक्रममा विद्यार्थीहरुको सहभागिता रहेको थियो । मोसममा आएको परिवर्तन सँगै बढेको चिसोमा जगदिशपुर ताल क्षेत्रमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको आगमनमा समेत बृद्धि हुने गर्दछ ।

ताल वरपरको क्षेत्रलाई सुन्दर बनाउन विद्यार्थीहरुको सक्रियतामा बृहत सरसफाई गरिएको विद्यालका शिक्षक प्रकाश खनालले जानकारी दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...