ट्याक्टरको ठक्करबाट छात्राको मृत्यु,विद्यार्थी उत्रीए आन्दोलनमा ।।

पुस ३, दाङ

तुलसीपुरमा बिहीबार बिहान एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थी विरोधमा सडकमा उत्रिएका छन्। तुलसी आवासीय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी १३ वर्षीया विजिता केसीको ट्याक्टरको ठक्करबाट निधन भएको थियो। त्यसैको विरोधमा सोही विद्यालयका विद्यार्थीले सडकमा टायर बालेर तुलसीपुर सल्यानरोड सडक(खण्ड अवरुद्ध पारेका छन्।

विद्यार्थीले दोषीमाथि हदैसम्मको कार्वाही र पीडितलाई उचित न्यायको माग गदै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सल्यानरोडअन्तर्गत गोदामघरनजिक, वीरेन्द्रचोक, बिपी चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्। सल्यानरोड सडकखण्ड अन्तर्गत रा. १ त १४३५ नम्बरको ट्याक्टरले गोदामघरनजिकै ती बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। यस्तै, सोही ट्याक्टरको ठक्करबाट अर्की एक विद्यार्थी पनि घाइते भएकी छिन्। राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उनको उपचार भईरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...