Archives


वाणगंगा ८ मा परम्परागत सिपको जगेर्नाका लागि तालिम

कपिलवस्तु ३ पौष ।

भाषा संस्कृति,रितिरिवाज, र पेशाको संरक्षण गर्ने उद्धेश्यका साथ कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा थारु समुदायका नागरिकहरुका लागि परम्परागत सिप विकास तालिम संचालन गरिएको छ । थारु बाजा र ढकिया बुन्ने तालिम वडा नम्बर ८ मा बुधबार देखि सुरु भएको हो । हरेक व्यक्तिको पहिचान सिप संग जोडिने भन्दै वडा कार्यालयले तालिमको संचालन गरेको वडा अध्यक्ष गुणानिधि भुषालले बताउनुभयो । उहाँले सिपलाई व्यवसायिक तरिकाले प्रयोगमा ल्याउन पनि सहभागिहरुलाई आग्रह गर्नु भयो । वडा नम्वर ८ स्थित ढोडेकोलमा संचालित तालिममा स्थानिय नागरिकहरुको सहभागिता रहेको छ । सो तालिम पुष ७ गते सम्म संचालन हुने वडा कार्यालयले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...