Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

भलवाडमा वडा कार्यालयले दियो विद्यार्थीलाई न्यानो कपडा

पुष ३, भलवाड

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ ले वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडामा आधारभूत तहका विद्यार्थीलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रमको शुभारम्भ उपमेयर चक्र अर्यालले शुद्धोदन जन जीवन मावि जिनुवाबाट गुर्नभएको थियो । उक्त विद्यालयमा अध्ययनरत १ सय ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बालबालिकाका लागि छुट्याइएको बजेट बाट न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष धुव्र वेल्वासेले जानकारी दिनुभयो ।

वडामा रहेका एउटा मावि र ४ वटा आधारभूत विद्यालयमा ६ सय ९३ विद्यार्थीलाई न्यानो कपडा स्वरुप सुइटर वितरण गरिएको बताउनुभयो । यसैबिच वाणगंगा नगरपालिका स्वास्थ्य शाखाले महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि विद्यालयमा १ सय ५० थान सेनेटरी प्याड वितरण गरेको छ । किशोर किशोरीमैत्री स्वास्थ्य कार्यक्रम अन्तरगत प्याड वितरण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...