स्वर्ण बिजेता श्रेष्ठलाई अर्घाखाँचीमा सम्मानको ओईरो

पुष ३ अर्घाखाँची

१३ औँ दक्षिण यसियाली खेलकूद साग अन्र्तगत तेक्वान्दोमा स्वर्ण पदक बिजेता कलम श्रेष्ठलाई सम्मान गर्ने संघ संस्थाहरुको ओइरो लागेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्ना स्थायी घर भएका श्रेष्ठलाई पूर्व बिद्यार्थीको रुपमा बिजय माध्यमिक बिद्यालय, भूतपूर्व बिद्यार्थी समाज, ११ नम्बर वडा कार्यालय र श्रृजनशील नेवा समुह डिभर्नाले संयुक्त रुपमा सम्मान गरेको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गरेका श्रेष्ठ र बुबाआमालाई बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालकोको अध्यक्षता र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ११ नम्बर वडा अध्यक्ष धुर्वराज आचार्यको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति आचार्यले श्रेष्ठले पाएको पदकले जिल्लाको गौरव बढेको भन्दै खेलक्षेत्रमा प्रयाप्त लगानी गर्ने बताउनुभयो । सम्मान कार्यक्रममा वडा सचिव पुस्करनाथ आचार्य, पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष जीवलाल श्रेष्ठ, श्रृजनशील नेवा समुहका श्रृजना श्रेष्ठ, पत्रकार महासंघका बसन्त श्रेष्ठले मन्तब्य राख्दै खेलकूदमा क्षेत्रबाट कमल श्रेष्ठले जिल्लाकै पहिचान कायम गरेको बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष जीवलाल श्रेष्ठले स्वर्ण पदक बिजेता कमल श्रेष्ठको छोरी रिया श्रेष्ठलाई सोही बिद्यालयमा अध्ययन गर्दा लाग्ने सबै शुल्क ब्याहोर्न घोषणा समेत गर्नुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...