Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सप्ताहको दोस्रो दिन जनसेवामा छात्रा फुटबल सकियो 

मंसिर ३ कपिलवस्तु 

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा बुधाबार देखि सुरु भएको खेल सप्ताह अन्र्तगत आज छात्रा फुटबल सम्पन्न भएको छ । सप्ताह अन्र्तगतको दोस्रो दिन आज कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुको बिचमा फुटबल खेल सम्पन्न भएको हो ।

सम्पन्न प्रतियोगितामा कक्षा ८ की छात्रा सुस्मिता जिसीको समुहले २–० गोल अन्तरले सरस्वती अधिकारीको समूहलाई पराजित गरको छ । सप्ताहको पहिला दिन छात्र फुटबल भएको थियो भने भोली कक्षा १ देखि ८ सम्मकै विद्यार्थीहरुको बिचमा हाइ जम्प, लङ जम्प लगाएतका खेलहरु संचालन हुने विद्यालयका शिक्षक थानेश्वर कडेलले जानकारी दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...