कपिलवस्तु मदिरा व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभामा सम्पन्न ।।

पुष ५ कपिलवस्तु

कपिलवस्तु मदिरा व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभामा वाणगंगा ७ बनगाई खारखानी पिकनीक स्पोर्टमा आज सम्पन्न भएको छ ।

                                                                                                 

साधारण सभामा कपिलवस्तु जिल्ला भरि छरिएर रहेका १ सय भन्दा बढि मदिरा व्यवसायीहरुको उपस्थीती रहको थियो । नेपाल मदिरा व्यवसायी संघका महासचिव तारानाथ ढुङगानाले व्यवसायीहरुका हक अधिकार र हितका निम्ती कपिलवस्तु मदिरा व्यवसायीले उल्लेख्य काम गरेको भन्दै उच्च प्रसंसा गर्नुभयो । त्यस्तै उहाँले सरकारले अधिकतम कर मदिरमा लगाएकाले सरकारलाई ठुलो आर्थिक टेवा पुर्याएको पनि बताउनु भयो । तर हरेक वर्ष हुने मुल्य बृद्धिले मदिरा व्यवसायी सँगै उपभोक्ता पनि मारमा परेको उहाँको भनाई थियो । बताउदै मदिरा व्यवसायलाई मर्यादित र व्यवस्थीत वनाउनका लागि व्यवसायी संघले सरकारलाई सहयोग पुर्याउने प्रति बद्धता पनि उहाँले व्यक्त गर्नुभयो । नेपाल मदिरा व्यवसायीका लागि प्रदेश नम्वर ५का अध्यक्ष गिरीराज पौडेलले कपिलवस्तु मदिरा व्यवसायी संघले गरेका काम अन्य जिल्लाले सिकेर त्यसको कार्यान्यन गरेमा मदिराको व्यवसायमा आमुल परिवर्तन आउन सक्ने विश्वास व्यक्त गर्नुभयो । वडा नम्वर ७ का वडा अध्यक्ष बिष्णु गिरीले मदिरा व्यवसायले गर्दा नै देशको अर्थतन्त्र धानेकोले र यस्लाई व्यवस्थीत तरिकाबाट अगाडि बढाउनका लागि कपिलवस्तु मदिरा व्यवसायी संघ लाग्नु पर्नेमा जोड दिनु भयो । महासचिव गोविन्द पौडेलले संस्थाले गरेका गतिवीधीका वारेमा प्रकाश पार्दै संस्थालाई दिगो रुपमा अगाडि बडाउनका लागि सबैको सहयो सहकार्य आवश्यक रहेको बताउनु भयो ।
संघका कोषध्यक्ष बिष्णु प्रसाद सापकोटाले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु मदिरा व्यसायी संघका अध्यक्ष सन्देश कक्ष्यपतीको अध्यक्षता तथा अर्घाखाँची मदिरा व्यवसायी संघका अध्यक्ष लक्ष्मण कडेल रुपदेहीका अध्यक्ष सम्भु भट्टराई ,दाङका अध्यक्ष जगत आचार्र्य, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, मदिरा व्यवसायी संघका प्रेस सल्लाहकार गणेश पोख्रेल,लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव गोविन्द पौडेलले गनु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...