साना किसान कोपवाको छैठौँ साधारणसभा सम्पन्न

रामबहादुर गन्धर्व, पुष ५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगपालिका वडा नम्बर ५ कोपवा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका लेखा समितिका सदस्य सिर्जना अधिकारीेले आर्थिक वर्ष २०७५÷०७६ को कुल ४ करोड १४ लाख ३२ हजार ६ सय ४९ रुपैया बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरीन । कुल कारोवारको १० लाख ६७ हजार ९ सय ७९ रुपैँया खुद नाफा भएको पनि उनले जानकारी गराएकी छिन ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ वन तथा वातावरण विभागका केन्द्रिय सदस्य कुमार मधु वेल्वासेले विभिन्न वित्तिय संस्थाहरुको तुलनामा साना किसान कृषि सहरकारि संस्था भिन्न खालको संस्था भएकाले पछाडि पारिएका वग्रहरुलाई संगठित गर्ने र सिपमूलक आयआर्जन सँगै जिविकोपार्जनमा सहयोग सिद्ध भएको दावी गरे ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषालले साना किसान सहकारीको उत्थान र किसान वर्गको व्यावसायिक कृषिकर्मलाई विशेष ग्राह्यताका साथ वडाले पनि योजना बनाएको बताए ।
त्यस्तै कार्यक्रममा साना किसान सहकारी संस्था बनगाईका अध्यक्ष भिम प्रसाद सापकोटाले छरिएर रहेका सबै ग्रिहीणी महिलाहरुलाई सहकारीले संगठित गर्दै व्यावसायिक कारोवारमा सक्रिय सहभागिता जनाउन उत्प्रेरणा प्रदान गरको बताए । उनले साना किसान सहकारी मै आबद्ध हुन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष मालिका पोख्रेलको अध्यक्षता नेपाल कृषि सहकारी केन्द्रिय संघ वन तथा वातावरण विभागका केन्द्रिय सदस्य कुमार मधु वेल्वासेको प्रमूख आतिथ्यता रहेको थियो । शिक्षा विभागका केन्द्रिय सदस्य पदम खनालको विशिष्ठ आतिथ्यता रहेको थियो भने दिव्य ज्योति बहु उद्धेश्यि सहकारीका व्यवस्थापक विष्णुमाया भट्टराई, सुरक्षाकार्मी, पत्रकार सहिति विभिन्न सहकारी संघ सस्थाका प्रमूखहरुको उपस्थिति रहेको थियो । स्थानिय महिला जनप्रतिनिधिहरु, समाजसेवी चिरञ्जिवी गिरी, वनगाई शाखाका प्रमूख शालिकराम पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ सय बढिको सहभागिता रहेको थियो । ७ सय १८ जना शेयर सदस्यहरु रहेको सानाकिसानको स्थापना वि.सं. २०७० सालमा भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...