प्यावसन वाणगंगा नगर समितिको तेस्रो साधारणसभा सम्पन्न

वाणगंगा अनलाईन, जितपुर

कपिलवस्तुको वाणगंगा नगरपालिका अन्र्तगत संचालत निजि विद्यालयहरुको समुह वाणगंग प्याव्सन नगर समितिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जितपुर स्थित माछापुच्छ्रे होटलमा आयोजित साधारणसभामा प्यावसन वाणगंगा नगर अध्यक्ष राजु अधिकारीको अध्यक्षता तथा प्यावसन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालको प्रमूख आतिथ्यता रहको थियो । त्यस्तै सम्पन्न साधारणसभामा प्यावसन केन्द्रिय सदस्य शरोज खनाल प्रदेश कोषाध्यक्ष केशव सापकोटा र नगर समितिका प्रमूख सल्लाहाकार रोमाकान्त घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो ।

प्यावसन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे, जिल्ला सदस्य नानुमाया खनाल, राजकुमार क्षेत्री, दिपक अधिकारी लगाएतको आतिथ्यता रहको थियो । साधारणसभामा केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनाल आई एस ए प्राप्त गर्न सफल भएका नगरभित्रका विद्यालयहरु ज्ञानपुञ्ज स्कूल र वाणगंगा मावि गजेहडा, त्यस्तै चिल्ड्रेन प्याराडाईसकी वाल कवियत्री जोशिका कडेंललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा निजि विद्यालयहरुको जल्दोबल्दो समस्या र चुनौतीका विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभयो । साधारणसभामा नगर अध्यक्ष राजु अधिकारीले आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन डि.बि थापाले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...