कल्याणकारी खानेपानी बनगाईको दोस्रो साधारणसभा सम्पन्न

वाणगंगा अनलाईन, पुष ५ बनगाई

कल्याणकारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति वाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ को दोस्रो साधारणसभा तथा एवम् अधिवेशन सम्पन्न भएको छ । समितिको अफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवचन्द्र आचार्यको अध्यक्षता एवम् संविधान सभा सदस्य बलराम अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य अधिकारीले खानेपानी उपभोक्ता समिति अझ बढि शशक्त भई धेरै भन्दा धेरै उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सफल होस भन्दै शुभकामना दिनुभयो । कुशल पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा लेखा परिक्षक टोपराज पोख्रेलले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने समितिका सचिव प्रेम आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
खानेपानी उपभोक्ता समितिको वर्तमान अवस्था, भावि रणनिति तथा आगामी गुरुयोजनाका विषयमा समितिका सदस्य विष्णु खनालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले खानेपानी तथा सरसफाईका सवालमा खानेपानी समितिले उल्लेख्य कदम चालेको भन्दै आफ्नो क्षेत्रलाई अझ विशाल बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले वडाको तर्फबाट भरपुर सहयोग रहेने पनि प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै जनज्योति मावि मोतिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र ज्योति गिरीले संस्थाका लागि अवस्यक जग्गाको खाँचो रहेको भन्दै त्यसका लागि आफुले पनि पहल थाल्ने आस्वासन दिनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत बाबुराम भट्टराई र प्रादेशिक लोक सेवा आयोगका उपसचिव सूर्य प्रसान भुषालले कार्यक्रमको सफलताको शुभकामना सहित अधिवेशनबाट चयन भएको नयाँ समितिलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ । खानेपानी उपभोक्ता समितिको अधिवेशनबाट शिवचन्द्र आचार्यको अध्यक्षतामा वर्तमान कार्यसमितिलाईलाई निरन्तरता प्रदान गरिएको सचिव प्रेम आचार्यले जानकारी दिनुभयो ।
समितिले जेष्ठनागरिक डिल्लिराज आचार्य, इन्द्रबहादुर बगाले र संस्थाका संस्थापक अध्यक्ष जिवनाथ भण्डारीलाई सम्मान समेत गरिएको संस्थाले जनाएको छ । हाल कल्याणकारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा वडा नम्बर ७ र ८ का ४ सय ५० बडि परिवार लाभान्वित भएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...