ट्रिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

पुस ६ 

बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृतक र घाइते सबै बाहिरी जिल्लाका काम गर्ने मजदुरहरु रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...