सामाजिक सेवा समुह द्धारा १० जना दृष्टि विहीनहरुका लागि न्यानो कपडा वितरण

वाणगंगा अनलाईन कपिलवस्तु पुस ६ बसन्ता भुसाल

सामाजिक सेवा समुह द्धारा १० जना दृष्टि विहीनहरुका लागि ओदारी माविमा न्यानो कपडा वितरण गरेको छ ।

उक्त कार्यक्रममा मद्धन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेवि रविवाहादुर काफ्ले को प्रमुख अतिथी,सामाजिक सेवा समुह बुटवलका उपाध्यक्ष विजय पाठक, सामाजिक सेवा समुह कपिलवस्तुका प्रतिनिधि मनोज शर्मा पाठक,लगायतको उपस्थित रहेको थियो । सदस्य सरिता गैरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन अनिस अधिकारीले गर्नु भएको थियो ।

१५ जना आदर्श आधारभुत विद्यालय र १५ सुर्यदय विद्यालय माविमा वाणगंगा नगरपालिका ११ का बिपन्न परिवारको बिधार्थी हरुलाइ न्यानो कपडा बितरण गरियो उक्त कार्यक्रममा मद्धन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेवि डम्मर शर्मा प्रमुख ,सामाजिक सेवा समुह बुटवलका उपाध्यक्ष विजय पाठक, सामाजिक सेवा समुह कपिलवस्तुका प्रतिनिधि मनोज शर्मा पाठक, लगायतको उपस्थित रहेको थियो ।

सदस्य सरिता गैरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन अनिस अधिकारीले गर्नु भएको थियो ।

यश कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण समाजसेवी प्रती हामी सामाजिक सेवा समूह परिवार आभारी छौ र हजुरहरुलाइ धन्यवाद व्यक्त गरेको सामाजिक सेवा समुह कपिलवस्तुका प्रतिनिधि मनोज शर्मा पाठकले बताए ।

सामाजिक सेवा समूह बाट सुरु गरिएको १००० न्यानो कपडा अभियान अन्य विभिन्न बिकट ठाउमा रहेको सरकारी बिधालयका बिपन्न परिवारका बालबालिकालाई न्यानो कपडा बितरण गर्दै निरन्तर अगाडि बढ्ने भएको हुदा सकेको सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...