दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु

पुष ७ दाङ

दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो। स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दहमा खेल्ने क्रममा बालक डुबेको बताइएको छ। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान समेत सुरु गरेको जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...