Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

वाणगंगा ८ मा थारु बाजा र ढकिया बुन्ने तालिमको समापन

बसन्ता भुसाल, पौस ७ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सिप विकासका लागि आयोजना गरिएको तालिम आज सकिएको छ । स्थानिय थारु मादल र ढकिया बुन्ने सिपको विकासका लागि वडा कार्यालयले गत सोमबार देखि तालिमको आयोजना गरेको थियो । ५ नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यतामा तालिमको आज समापन गरिएको छ । समापन समारोहमा सांसद पन्थीले थारु कला संस्कृति आपैmमा एक संस्कृतिको एक अनुपम भण्डार रहको भन्दै वडाले आयोजना गरेको यो तालिमले अझ त्यसको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुृभयो । त्यस्तै वाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यकम्रमा वडा अध्यक्ष गुणानिधी भुसालले तालिममा सहभागिहरुले बनाएका ढकियाहरु वडा कार्यालयले बजारिकरण गर्ने योजना बनाएको बताउनुभयो । पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लोप हुदैँ गएको भन्दै उहाँले आगामी दिनमा यसको संरक्षणका लागी अन्य कार्यक्रम पनि संचलान गर्ने जनउनुभयो । थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय सदस्य भोजराज थारु सहित स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुको अध्यक्षता र रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...