खुल्ला नृत्य सँगै सकियो जनसेवामा जारी सप्ताह

पुष ७ कपिलवस्तु

गत बुधबार देखि सुरु भएको जनसेवा आधारभूत विद्यालयको खेलकुद सप्ताह आज एक विशेष कार्यक्रमका बिच सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुको बिचमा विभिन्न विधाका खेलकुदका कार्यक्रमहरु सँगै आज अन्तिम दिन खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको विद्यालयका शिक्षक विनोद पुनले जानकारी दिनुभयो । सम्पन्न प्रतियोगिता अन्र्तगत सात वटा समुहले सहभागिता जनाएका थिए । विद्यालयमा गठित वालक्लबका अध्यक्ष सुदिप थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक थानेश्वर कडेंलको प्रमूख आतिथ्यता रहेको थियो ।

विभिन्न विद्यालयबाट एक महिने अभ्यास शिक्षणमा आएका छात्र शिक्षकहरु सहित विद्यालयका कार्यरत शिक्षक शिक्षिकाहरुको आतिथ्यता एवम् विद्यार्थीहरु र अभिभावकहरुको उपस्थितिमा कायृक्रम सम्पन्न भएको हो । बुधबार देखि सुरु भएको सप्ताह अन्र्तगत विभिन्न विधाका ८ वटा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...