किसानलाई च्याउको विउ वितरण

रामबहादुर गन्धर्व पुष ७ कपिलवस्तु

कपिलवस्तु नगरपालिका वडा नम्बर ९जगदिशपुरद्धारा आफ्नो वडा भित्रका किसानहरुलाई च्याउको विउ वितरण गरेको छ ।

वडा कार्यालय स्थित जगदिशपुरमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष शिव बहादुर वाग्लेले वडा भित्रका १ हजार २सय बढि किसानलाई च्याउको विउ वितरण गर्नुभएको हो । वडा कार्यालयले आफै खरिद गरी निशुल्क सो विउ वितरण गरीएको वडा अध्यक्ष वाग्लले जानकारी दिनुभयो । यसरी वितरण गरिएको विउले च्याउको व्यावसायिक खेतीका लागि किसानलाई अग्रसर बनाउनुका साथै च्याउ खेतीको विधिबारे पनि जानकार गराउने व्श्विास व्यक्त गर्न‘भयो ।

वितरण कार्यक्रममा वडा अध्यक्ष शिव वाग्ले सँगै वडा सचिव, वडा कार्यसमितिका पदाधिकारी लगाएत १२ सय बढि स्थानिय किसानहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...