गौरी भवानीलाई नेविसंघ र तरुणदलको सहयोग ।। १ लाख बढिका सामग्री प्रदान

गणेश पोख्रेल पुष ८ कपिलवस्तु

नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलवस्तुको आयोजनामा गौरी भवानी मा.वि वाणगंगा ०३ भक्तौलीमा जेहेन्दार बिद्यार्थीका लागि शैक्षिक सामाग्री र बिद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको ।
सामाजीक क्षेत्रमा विभिन्न उल्लेख्य कामहरु गर्दै आएको छ । सोहि अनुसार विद्यालय र विद्यार्थीको क्षेत्रमा अर्को पाईला चलाएको हो ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ३ मा रहेको गौरी भवानीका वालविकास देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई खाजा वोक्ने टिफिन ९० थान, कक्षा ६ देखि १० सम्म पढ्ने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लत्ता कपडा बितरण गएिको हो । त्यस्तै विभिन्न खेलकुदका सामग्रीहरु सहित पानी शुद्धिकरणका लागि फिल्टर मेसिन, स्टील दराज, प्लाष्टीक कुर्सी २० थान गरी एक लाख भन्दा बढिको सामाग्री हस्तान्तरण गरीएको हो । न्यू पराजुली ट्रेडर्स ४ नम्बर जितपुरका संचालक कृष्ण पराजुली र ओमकार आचार्यले सहयोग गर्नुभएका सामग्रीहरु नेविसंघले प्रदान गरको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितीकी उप–प्रमुख तारावती चौधरीले नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अन्य पार्टीका भातृ संगठन भन्दा पृथक सावित भएको हुँदा सरकारले गर्नु पर्ने काम विद्यार्थी संगठनले गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
शिक्षाको पहुँच सबैमा हुनु पर्छ भन्ने धारण लिएर अगाढि बढेकोले यस्ता उदाहरणीय कामले अन्य विद्यार्थी संगठनहरुलाई समेत चर्का कुरा भन्दा काम गरेर देखाउनुपर्छ भन्ने संन्देश दिएको बताउनुभयो ।

त्यस्तै नेपाल तरुणदलका जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरीले नेपाल तरुणदलले शैक्षिक क्षेत्रमा यस्ता धेरै काम गरेको भन्दे जिल्लामा अग्नी पिडित ,वाढि पिडित , घरवार बिहिनका लागि आवासको व्यवस्था समेत गर्दै गरिव तथा दिन दुःखीको दुख र सुखमा साथ दिने काम गरको बताउनुभयो । नेपाल तरुणदल र नेपाल बिद्यार्थी संघले कुरा नभई काम गरेर र गर्नका लागि मात्र आम जन समुदायमा आउने बताउनु भयो । नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले संघ संगठन भनेको समुदाय परिवर्तन गर्ने एउटा मजवुत पिलर रहेकोले यसलाई अझ बलियो वनाउनका लागि हामी सबैको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा सिदार्थ क्यापसका इकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष सन्तराम थारु, नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष तुल्सीराम घिमिरे, नेपाली कांग्रेस वडा नम्बर ३ का वडा सभापति खिमानन्द पाण्डे, गौरी भवानी मा.वि.भक्तौलिका विद्यालय व्यवस्थापन समिती अध्यक्ष इश्वरी खनाल, विद्यालयका प्रध्यानाध्यापक गोपाल प्रसाद चौधरी, नगर सदस्य तुल्सी पौडल, तरुणदल जिल्ला सदस्य कृष्ण पराजुली, रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, नेपाल विद्यार्थी संघ सिदार्थ क्यापसका इकाई उप–सभापति मिन थापा,युवा नेता गुरुदेव पौडेल,नेपाल तरुण वाणगंगा नगर सचिव प्रविन पौडेल, लगातको उपस्थीती रहेको थियो कार्यक्रमको संचालन नेपाल विद्याथी संघका युवा नेता हरि ढुङ्गानाले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...