Archives


बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने तयारी

वाणगंगा अनलाईन बाँके, पुस १०

बाँके(बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ। बुधबार बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो। प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठेको थियो। बाँकेले स्थायी राजधानी सकेसम्म बाँकेमैर नभएपनि दाङसम्म हुनु पर्ने माग राख्दै आएको छ ।

यसको नेतृत्व नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा। धवल शम्शेर राणाले गर्नुभएको छ। समितिले पहिलो चरणमा बाँके र बर्दिया जिल्लाका राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिहरुसँग दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा बृहत छलफल गरेर सुझाव संकलन गर्ने र त्यसपछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।

राणाले एक वर्षदेखि नेपालगञ्जलाई राजधानी नबनाए कर्णाली प्रदेशमा गाभ्ने आन्दोलनको नेतृत्व आपूmले गर्ने बताउँदै आउनुभएको छ। समितिमा सबै दल, नागरिक समाजका प्रतिनिधि समावेश गरिएका छन्। राजनीतिक दल र स्थानीय सरकार प्रमुख र उपप्रमुखसँगको छलफलपछि आन्दोलनको स्वरुप तय हुने नेकपा बाँकेका सदस्य रत्न खत्रीले जानकारी दिनुभयो। दाङ खबरबाट

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...