वडा नं. ७ का ३ सय बढी विद्यार्थीले पाए न्यानो कपडा

कपिलवस्तु, पुष ११

युग र जनताको आवश्यकता अनुसार विकास निर्माणका काममा सक्रिय बनेको कपिलवस्तुको वाणगंगा नगरपाकिला वडा नं. ७ ले लक्षित वर्गका कार्यक्रमहरु पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समय तराई क्षेत्रमा ह्वात्तै जाडो बढेपछि वालवालिका, विद्यार्थी, गरिव तथा वृद्धवृद्धाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । सोहि समस्यालाई मध्यनजर गर्दै वडा नं. ७ ले विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वीटर) वितरण गरेको छ । वडाले जनज्योति माविका मोतिपुरका वाल विकास देखि कक्षा ८ सम्मका ३ सय ७२ जना विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वीटर) वितरण गरेको वडाअध्यक्ष विष्णु गिरीले जानकारी दिएका छन् । गत बर्ष पनि वडा नं. ७ ले अन्य २ वटा सामाुदायिक विद्यालयका ६ सय ३ जना विद्यार्थीलाई जाडो मौसममा नगरपालिकामै सबैभन्दा पहिले स्वीटर वितरणको थालनी गरेको थियो । वडाको वालवालिका लक्षित कार्यक्रम अन्तर्गत १ लाख ४७ हजार बजेटबाट उक्त कपडा वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख चक्रपाणि अर्यालले उपप्रमुख चक्रपाणि अर्यालले वडा नं. ७ ले लक्षित वर्गका कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए । उनले वाणगंगा नगरपालिकाको समग्र विकासमा वडा नं. ७ ले महत्वपुर्ण भुमिका खेलेको जिकिर गरे । त्यस्तै वडाअध्यक्ष विष्णु गिरीले वडा नं.७ ले भौतिक विकासको पुर्वाधारका साथ साथै लक्षित वर्गका कार्यक्रमहरुलाई पनि रचनात्मक र सृजनात्मक ढंगले प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । उनले जाडोयाम सुरु भएपछि वालवालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वडाको कार्यक्रम अनुसार नै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको बताए । अध्यक्ष गिरीले वालवालिका मात्र नभई समग्र वडावासीहरुको समस्यामा सधै हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आर्थिक बर्ष २०७६÷७७ का ५० योजनामध्ये १५ वटा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जानकारी गराए । पोशाक वितरण संगै विद्यालयका प्रधानाध्यापक शिक्षक, तथा विद्यार्थीहरुले वडालाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।
वडाअध्यक्ष विष्णु गिरीको अध्यक्षता, नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यता, नगर शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, जनज्योति माविका प्रअ विष्णु भण्डारी, वडाका जनप्रतिनिधिहरु टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो । मोतिपुर प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष टोप बहादुर थापाको स्वागत मन्तब्य तथा वडा सचिव कृष्ण खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...