Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

समावादीको प्रथम कार्यालय बैठक तौलिहवामा सम्पन्न 

पुष ११ कपिलवस्तु

समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलवस्तुको कार्यालयको प्रथम बैठक जिल्लाको सदरमूकाम तौलिहवामा सम्पन्न भएको छ । बैठकमा केन्द्रिय समितिका सदस्यहरु, पार्टीका प्रदेश समितिका सदस्यहरु र जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले पार्टीको केन्द्यि कार्यक्रम अन्र्तगत चार महिने संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई पुष १५ बाट जिल्लाभर संचाल गर्ने जनाएको छ । त्यस्तै जिल्लाका विभिन्न राजनैतिक दलहरु सँगँको धुव्रिकरणका लागि उच्च सदस्यीय वार्ता समिति गठन गरको छ ।
समितिमा पूर्व मन्त्री दानबहादुर चौधारी, केन्द्रिय स्कुलिङ विभागका सदस्य नारायण खनाल, नेता रामवरण यादव, मंगल प्रसाद गुप्ता, रामलौटन तिवारी, ईलियास मुसलमान, विष्णुहरी शर्मा, डा. अब्दुल रसिद खाँ, महोम्मद टोफिक खाँ, जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव, प्रदेश सभा सदस्य सन्दिप पाण्डे, गिता श्रीवास्तव र शिवपुजन यादव रहनुभएको छ ।
बैठकमा समाजवादी पार्टी नेपालका केन्द्रिय स्कूलिङ विभागका सदस्य नारयाण खनालले नेपालमा कागं्रेस र कम्युष्ठि शत्तिहरुबाट देशमा शुसासन, विकास तथा समृद्धिको नेपाली जनताको चाहना पुरा नहुने भएकाले देशमा शक्तिशालि वैकलिपिक शक्ति निर्माण आजको राष्ट्रिय आवस्यकता भएको बताउनुभायो । समाजवादी पार्टी नेपालले आगमी पौष २४ गते जिल्लाको पूर्ण विस्तारित बैठक तौलिहवामा बस्ने निर्णय गरेको छ । बैठकले मंसिर १४ गते सम्मपन्न उप निर्वाचनमा पार्टीको नतिजाको अवस्थाका विषयमा पनि समिक्षा गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...