वागेश्वरीद्धारा फर्निचर उद्योगको उद्धघाटन

रामबहादुर गन्धर्व पुष ११ कपिलवस्तु

कपिलवस्तु को वाणगगा नगरपालिका वडा न ६ स्थित वागेश्री सामुदायिक बन उपभोक्ता समुह द्दारा शुक्रबार एक कार्यक्रम का बिच बिधिवत रुपमा फर्निचर उद्योग को समुद्घाटन गरिएको छ । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विष्णु पन्थी ले सह मिल को स्विच दबाएर समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा सासंद पन्थिले वनलाई ब्यबस्थित गर्न सके यस बाट प्रशस्त मात्र मा लाभ लिन सकिने भएकाले स्थानिय नागरिकहरु पनि वन जोगाउँने अभियानमा लाग्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमूख तारावती चौधरीले वागेश्वरी सामुदायिक वनले गरेका कार्यहरु उल्लेखनिय रहेको भन्दै आगामी दिनमा पनि रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा ५ नम्बर वडाका वडा अध्यक्ष भिष्मरा भुसालले पनि सामुदायिक वनको रक्षा र विकास गर्न सके समुदायका नागरिकले धेरै लाभ लिन सक्ने बताउँदै त्यसको ज्वलन्त उहाहरण आज उद्धघाटन भएको फर्निचर मिल रहेको बतउनुभयो ।
कार्यक्रममा सेक्टर वनका सहायक वन अधिकृत , वडा नम्बर ५ र ६ का जनप्रतिनिधिहरु, स्थानिय वडाका नागरिकहरु सहित टोलविकास संस्थाका पदाधिकारीहरु, लगाएतको उपस्थिति रहेको कार्यक्रम जिल्ला वन महासंघका अध्यक्ष हुमनाथ भट्टराईले उद्योगका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सामुदायीक वनका अध्यक्ष कल्लु थारुको अध्यक्षता तथा उपाध्यक्ष भरत कार्कीको संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...