श्रीमतीमाथि हातपात भएको घटना प्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण

पुस १२

बबई गाउँगालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा गएर उहाँकी श्रीमतीमाथि हातपात भएको घटना प्रति नागरिक समाज दाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार विहान सवा पाँच बजेको समयमा हतियारसहित पुगेको ४ जनाको समुहले अध्यक्षकी श्रीमति कमला पौडेलमाथि धम्क्याउनुका साथै हातपात गरेको थियो ।

सोहि घटनाप्रति नागरिक समाज दाङले एक प्रेस विज्ञप्ति मार्फत यस्तो कार्य कृणित भएको भन्दै ध्याननाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ ‘मोटरसाइकलमा आएका चार जना हतियारसहित घरमा प्रवेश गरेर कमला पौडेलमाथि हातपात गर्नुकासाथै पेस्तोल देखाएर धम्क्याउने जस्तो घृणित कार्यको नागरिक समाज दाङ घोर भत्र्सना गर्दछ ।’

जनप्रतिनिधिकी श्रीमती भएकै कारण उहाँले खेप्नुभएको दुव्र्यवहार धम्की कुनै पनि नाममा क्षम्य नहुने नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताउनुभएको छ । संयोजक पन्त र सचिव लक्ष्मी आचार्यद्धारा जारी विज्ञप्तिमा यो घटनाले जनप्रतिनिधि, उनका परिवार र अन्य नागरिकमाथि पनि सुरक्षा चुनौती रहेको देखिने जनाइएको छ ।

जुनकुनै समस्यामा पनि वार्ता सम्वादमार्फत समस्या समाधान गर्ने लोकतान्त्रिक पद्दती भएको भन्दै नागरिक समाज दाङले घटनाको छानवीन गरी दोषीउपर कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...