Archives


चिसोको कारण कपिलवस्तु सहित देशैभरको जनजीवन कष्टकर बन्दै

पुस १२ कपिलवस्तु बसन्ता भुसाल

आज (शनिवार) कपिलवस्तु सहित देशैभर चिसोको कारणले स्थानियको जनजीवन प्रभावित बनेको छ । केहि दिन देखि ह्वात्तै बढेको चिसोले कपिलवस्तु जिल्ला लगाएत छिमेकी जिल्लाहरु शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानै देखि कपिलवस्तु सहित विभिन्न ठाउँहरुमा चिसो बढेको हो । मौसमविद् विभूति पोखरेलका अनुसार शीतलहरका कारण पश्चिम तराईका बढी प्रभावित बनेको छ । कपिलवस्तु, दाङ,रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, लगायत ठाउँमा शीतलहर बढेको छ । यस्तै मध्य तराई र पूर्वी तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही धुनुषा, महोत्तरी, सप्तरी, सिराह, मोरङ, झापा लगायतका केही ठाउँमा पनि शीतलहर देखिएको छ ।

उहाँका अनुसार यी क्षेत्रमा चिसो अझै बढ्ने सम्भावना छ । तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत पनि गराएको छ । घाम नलाग्ने र चिसो बढ्ने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...