Archives


उमा भुजेलसहित विप्लव समूहका चार जना नेता पक्राउ

पुस १२, 

मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...