Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

दिब्यज्योतिको नेतृत्व माया पाण्डेलाई प्रदान

रामबहादुर गन्धर्व, पुष १२ कोपवा

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ५ स्थित कोपोवामा शनिवार श्री दिव्यज्योति महिला बहुउद्देश्य सहकारी संस्था लि.को १४ आँै साधारणसभा तथा नवौँ अधिवेशन एक भव्य कार्यक्रमको आयोजना गरीे सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिकि उप प्रमूख तारावती कुमारी चौधरीेले पारिवारिक जिम्मेवारी सँगै संस्थामा आबद्ध भएर विभिन्न किसिमका आयमूलक कार्यमा अग्रसर हुने महिलाहरुबाटै यो संस्था जिवित रहेको बताइन् । त्यस्तै उनले विभिन्न समयमा संस्थाले सिपमूलक गतिविधिहरु सँगै जिविकोपार्जनमा सहजता ल्याउने कार्यक्रमहरु सँचालन गरेको देख्दा अत्यन्तै खुसि लागेको बताइन् ।
कार्यक्रममा वडा नम्बर ५ वडा अध्यक्ष भिष्मराज भुसालले महिलाहरु आफ्ना व्यक्तिगत समस्याहरुका बाबजुत पनि संगठित भई विभिन्न सृजनशिल काममा लागेकोमा धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि थप रचनात्मक लाग्न आग्रह गर्दै वडा कार्यालयले पनि रचनात्मक कदममा साथ प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।
संस्थाको नवौँ अधिवेशनले माया पाण्डेको अध्यक्षतामा आगामी चार वर्षका लागि ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष शिवकुमारी चौधरी रहेकी छिन् भने सचिवमा पवित्रा पौडेल, सदस्यहरुमा गोमा गिरी, शुसिला आचार्य, सरस्वती थापा , रञ्जना खनाल, मेनका वेल्वासे र देवा आचार्य रहेकी छिन । त्यस्तै पार्वती आचार्य भुसालको संयोजकत्वमा तीन सदस्यिय लेखा समिति पनि चयन भएको छ । जसको सदस्यहरुमा रिता थारु र कृष्णा कुवँर क्षेत्री चयन गरिएको छ ।
त्यस्तै कार्यक्रमलाई संबोधन गर्दै संस्थाकी पूर्व अध्यक्ष रिता पाण्डेले छरिएर रहेका महिलाहरु एकजुट हुदैँ संस्थालाई अगाडि बढाउन सहयोग गरेकोमा धन्यावाद ज्ञापन गर्दै आयआर्जन र सहकार्यमा सबैको एकैबद्धता हुनुपर्नेमा जोड दिइन् ।
सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७५÷०७६ मा कुल १३ लाख ६१ हजार ५ सय ५० रुपैयाँ आम्दानी भएको जनाइएको छ । संस्थाकी व्यवस्थापक विष्ष्णुमाया भट्टराईले कुल १ करोड १३ लाख ६७ हजार १ सय ५५ रुपैँया ५५ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । २६ जनाबाट २०५९ सालमा संचालमा आउको सो संस्थामा हाल ५ सय ९४ जना महिला शेयर सदस्यहरु रहेको जनाइएको छ ।
सो अवसरमा संस्थाका चारजना पूर्व अध्यक्षहरु, दुई जना जेष्ठ महिला नागरिक तथा उत्कृष्ट एकजना व्यावसायिलाई, टिका र दोसल्लाले सम्मान गरिएको छ भने संस्थाका व्यावस्थापक विष्णुमाया भट्टराई र सह व्यवस्थापक दिलमाया घिमिरेलाई मायाको चिनो सहित दोसल्ला आडाई सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता खनालको अध्यक्षता सहित सचिव माया पाण्डेको स्वागत मन्तव्य र व्यवस्थापक विष्णुमाया भट्टराईको संचालनमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...