गोरुसिंगे हत्याकाण्ड : पुर्पक्षका लागि बुहारी थुनामा

पुष १२ कपिलवस्तु 

कपिलवस्तु गोरुसिंगे हत्याकाण्डमा बुहारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । धनराज पौडेलको हत्यामा बुहारी लक्ष्मी बोहरा पौडेलको संलग्नताका प्रमाणहरु भेटिएपछि अदालतले लक्ष्मीलाई पुर्पक्षकालागि थुनामा पठाएको हो ।

मुद्धाको किनारा नलाग्दा सम्म उनलाई कारागार राखिने छ । आफनै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ बर्षिया लक्ष्मी बोहरा पौडेल संगै उनका २ बर्षका नाबालक छोरा पछि संगै जेल गएका छन् ।

गत मंसिर १ गते बुद्धुभुमी नगरपालिका– २ गोरुसिंगे स्थित आफनै घरमा रहेको धारिलो हतियारले धनराजको निर्मतापुर्वक हत्या गरिएको थियो । जिल्ला न्ययाधिश कपिलमणि गौतमको एकल ईजलासले शुक्रबार अभियुक्त लक्ष्मीले घटनामा आफनो संलग्नता स्विकार नगरे पनि अनुसंधानको क्रममा देखिएको प्रमाण, घटनाको मचुल्का, लक्ष्मीको श्रीमान शंकरले गरेको कागज र दिएको बयानका आधारमा सो निाणर््य गरेको हुन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...