बाँके र बर्दिया प्रति मन्त्री गिरीको चासो : जनताको मन जित्नेगरी काम गर्नुपर्नेमा जोड

पुष १३ बुटवल

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बांके र बर्दिया कर्णाली प्रदेशमा गाभ्ने चर्चा चलेका बेला ती जिल्लाहरु प्रदेश पाँचबाट छुट्टिन खोज्नु सबैका लागि दुःखद कुरा भएको बताए ।

त्यहाँका जनतालाई खुसी पार्नका लागि विकास निर्माणका काम र पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने उनको जोड छ । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रदेश पाँच सरकारले बर्दियाबाट औपचारिक उद्घाटन गर्ने भएको छ । भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रदेश पर्यटन मन्त्रालयले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गिरीले संघिय सरकारको भ्रमण वर्षको लागि प्रदेश सरकारले बजेट नछुट्याएको बताउँदै केनद्रबाट २५ लाख प्राप्त भएको जानकारी दिए । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षका कार्यक्रम प्रभावकारी नभएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भ्रमण वर्ष निर्धा्रित कार्यतालिका अनुसार नै सञ्चालन भैरहेको दाबी गरे ।

लुम्बिनी भ्रमण वर्ष बारे समिक्षा गर्ने बेला नआइसकेको बताउँदै उनले भ्रमण वर्षको प्रभावले पर्यटक आवागमनमा वृद्धि भएको समेत दाबी गरे । कानुन नबन्दै भ्रमण वर्षको घोषणा गरिएकाले केहि कमी भएको हुन सक्ने मन्त्री गिरीले स्विकार गरे ।संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पौष १६ गते बर्दियाको ठाकुरद्वाराबाट प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...