भलवाडमा जीप दुर्घटना , २ जना घाइते

पुष १३ कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइला नदिमा भारतीय नम्बर पलेटको बोलेरोे जिप दुर्घटना हँुदा २ जना घाईते भएका छन । बनगाइ देखि भलवाडतर्फ जाँदै गरेको डि.एल. १२ सि.एन् ५५७१ नम्बरको बोलोरो जिप आज दिउसो कपिलधाम नजिकै रहेको कोईला नदिको पुलबाट खसेको थियो ।

दुर्घटनामा परि जिपमा सवार बर्ष २१ का बिस्नु बि .क. र अन्दाजी बर्ष ४० का केशव वि.क. घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भएको छ । तिब्र गतिका कारण जिप अनियन्त्रित हुँदा पुलबाट नदिमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा सामान्य क्षेती भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...