भ्रमण वर्ष शुभारम्भका लागि प्रदेश पाँचको तयारी पुरा ।। ‘घुम्न जाऔं बर्दिया’ भन्ने नारासहित ठाकुरद्वारामा उद्घाटन गरिने

पुस १४

प्रदेश पाँच सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भका बर्दिया जिल्लाको ठाकुरद्वाराबाट उद्घाटन गर्ने भएकोछ । पुस १६ गते (जनवरी १ तारिख) का दिन बर्दियाको ठाकुरद्वाराबाट ‘घुम्न जाऔं बर्दिया’ भन्ने नाराका साथ उद्घाटन गर्ने गरि तयारी पुरा भएको प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।

प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले विशेष समारोहका साथ भ्रमण वर्ष उद्घाटन गर्ने तयारीमा आफूहरू जुटेको बताउनुभयो ।

केन्द्र सरकारको अभियानलाइ प्रदेश सरकारले कांध थापेर सहयोग गर्नुपर्ने प्रदेश सरकारको दायित्व रहने भन्दै प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष गिरीले तयारी पुरा भएको जानकारी दिनुभयो । उद्घाटनका दिन जनवरी १ तारिखमा बिहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने उहाँले बताउनुभो।

सो कार्यक्रममा प्रदेशका सबै मन्त्री, प्रदेशसभाका समितिका सभापतिहरु, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५र५ जना सदस्य, १ स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिती रहने छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दियाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थासंग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सफल बनाउन होटल व्यवसायी संघ ५ नम्बर प्रदेशले दुई हाजार २० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको छ । मूल कार्यक्रमको अघिल्लो दिन मन्त्रालयको सहयोगमा बाँकेमा होटल एशोसिएसनले भ्रमण वर्षको स्वागत गर्ने र २ हजार भारतीय पर्यटक ल्याउने छ । विदेशी पर्यटक आए उनीहरूलाई पनि विशेष छुट सहितको खाने–बस्ने व्यवस्था गरिने जनाइएको छ ।

प्रदेश नं। ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र प्रभावकारी रुपले संचालन गर्ने आधार तयार गर्न लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर यसका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको प्रचार प्रसार संयोजक भरत केसीले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...