Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

छैँठौँ चरणको सरसफाई अभियान वडा नम्बर ८ मा सकियो

पुस १५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकाले हरेक महिनाको १५ र १ गते ‘म सफा गर्छु मेरो नगर’ अभियानलाई निरन्तरता दिईरहेको छ । आज सोहि अभियानलाई निरन्तरता दिदै बाणगंगा नगरपालिकाले वडा नम्बर ८ मा छैठौ चरणको सरसफाई अभियान चलाएको छ । वाणगंगा पुल चोक देखि सुरु भएको सरसफाई, वाणगंगाको त्रिलोक मार्ग, हुदै बोडगाउँ चोक नजिक वरिपरि सरसफाई गरिए सम्पन्न भएको छ । सरसफाईका क्रममा बिभिन्न पसल अगाडी रहेका फोहर, सडक किनारका बिभिन्न कागज, झाडीहरुमा सरसफाई गरिएको छ । समृद्ध बाणगंगाको मुलआधार कृषि, पर्यटन, वातावरण, पुर्वाधार र रोजगार भन्ने मुल नाराका चलाइएको अभियानमा नगर प्रमुख मंगल प्रासाद थारु, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, टोलविकास संस्थाका अध्यक्ष , समाजसेवी , बुद्धिजिवी दर्जन बढी सामाजिक अगुवा सरिक हुनुभएको थियो । वडा नम्बर ८ का गुणानिधी भुसालको अध्यक्षतामा भएको कार्यकमको सञ्चालन वाणगंगा स्वास्थ्य शाखा सहंयोजक भक्तिराम पाण्डेले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...