Archives


वडा अध्यक्ष भुसाल पुगे नागरिकको घरदैलोमा

सागर पौडेल कपिलवस्तु, पौष १५

केही दिन देखि बढेको जाडोले कपिलवस्तु सहित देशैभरको जनजीविन प्रभावित भईरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ ले वडावासीको घाउमा मलम लगाएको छ । वडा नं. ५ ले हुस्सु र शितलहर बढेसंगै वृद्धवृद्धा, अपांग तथा वालवालिकाहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न उदाहरणिय कार्य गरेको छ । वडाले लक्षित कार्यक्रम अन्तर्गत घरघरमा गई वृद्धवृद्धा अपांगहरुलाई ह्विलचियर वितरण गरेको वडा अध्यक्ष भिष्मराज भुसालले बताउनुभयो । त्यस्तै वडा भित्रका सम्पुर्ण वालवालिकालाई न्यानो कपडा वितरण पनि गरिएको छ । वडा भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयका वालविकास कक्षा देखि कक्षा ५ सम्मका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको वडाअध्यक्ष भुसालले बताएका छन् । त्यस्तै वृद्धवृद्धा र वालवालिकाहरुलाई लक्षित गरि पुषको चिसो छल्लन सहयोग पुगोस भन्ने उद्देश्यका साथ दाउरा पनि वितरण गरिएको छ । त्यस्तै अपांगहरुको आर्थिक विकासका लागि अपांगहरुले गर्ने व्यवसायमा वडाले आर्थिक सहयोग गर्ने योजना रहेको पनि वडा अध्यक्ष भुसालले सुनाउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...