जननी आधारभूत विद्यालयमा शैक्षिक प्रर्दशनी गरियो

पुष १५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जननी आधरभूत विद्यालयमा आज शैक्षिक प्रर्दशनी कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वास जि.सीको अध्यक्षता तथा वडा नम्बर ८ की वडा सदस्य एवम् नगर शिक्षा समिति सदस्य गिता भुसालको प्रमूख आतिथ्यता रहेको थियो । विद्यार्थीहरुद्धारा निर्माण गरिएका विभिन्न किसिमका शैक्षिक सामग्रीहरुको प्रर्दशनी सँगै समूहगत नतिजा समेत प्रकाशन गरिएको विद्यालयले जनाएको छ । तारा वि.क, सोनु विक, विमल अर्याल र अनुष्का वि.कको समूह क्रमशः प्रथम द्धितिय तृतीय र सान्त्वना भएका छन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दल बहादुर वि.क र अक्ष्यकोष समिति संयोजक लिलादेवी न्यौपानेको आतिथ्यता, विद्यालयका शिक्षक मञ्जु भट्टराईको संचालन र विद्यालयका प्रधानाध्यापक रुद्रमाया पौडेलको स्वागत रहेको थियो । प्रर्दशनीमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा विद्यार्थीहरु छात्र शिक्षकहरु शिक्षक लगाएतको आतिथ्यतामा उपस्थितिमा अवलोकन गरिएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...