गुरुङ समुदायले नेपाल सहित देशविदेशमा धुमधामका साथ तमु ल्होसार मनाए । सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभुषामा सजिएर ल्होसार मनाउन विभिन्न स्थानमा भेला भएका गुरुङ समुदायले झाँकी प्रदर्शन गरे भने शुभकामना पनि साटासाट गरेका छन् । आदीवासी जनजाती समुदाय अन्तर्गत पर्ने गुरुङहरुको आफ्नै सांस्कृतिक पहिचान छ। गुरुङ पुरुषहरुले भांग्रा, कच्छड लगाउँछन्। यो मुख्यत अल्लोबाट बनाइन्छ । महिलाहरु गुन्युचोली र घलेकमा झपक्कै गहनामा सजिएका हुन्छन् । उनीहरुले यो चाड तमु संवत अनुसार प्रत्येक पुस १५ मा मनाउँछन्। तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाा सम्वत् सुरु भएको सङ्केत गर्छ। प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छन्।
प्रस्तुत छ सहकर्मी पवित्रा खनालको रिपोर्ट ।।