भ्रमण वर्ष २०२० को भव्य रुपमा उद्घाटन गरिदै

पुस १६ 

विधिवत रूपमा आजबाट ‘भिजिट नेपाल नेपाल २०२०’ अर्थात् नेपाल भ्रमण वर्ष सुरु भएको छ। भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमको तयारी भव्य रुपमा गरिएको छ ।औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन गरिने तयारी गरिएको छ । भव्य समारोहकाबीच भिजिट नेपाल २०२० को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ।

देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गरिन लागेको छ । प्रदेश पाँचले भ्रमण वर्षको उद्घाटन बर्दियाको ठाकुरद्धाराबाट भव्य रुपमा गर्न लागेको छ । ‘घुम्न जाऔं बर्दिया’ भन्ने नाराकासाथ उद्घाटन गर्ने गरि तयारी पुरा भएको प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले जनाएको छ । प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बाँके, बर्दिया, दाङसहित प्रदेशका अन्य जिल्लमा पनि भ्रमण वर्षको उद्घाटन गर्ने तयारी पुरा भएको जनाइएको छ । दाङमा घोराही र तुलसीपुरमा छुट्टा९छुट्टै कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा ‘घुम्न जाउँ तुलसीपुर’ भन्ने नारासहित भ्रमण वर्षको उद्घाटन गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरेर गरिन लागिएको छ । त्यस अघि तुलसीपुरको मुख्य वजारबाट विभिन्न साँस्कृतिक झाँकी सहति र्यालीको सुरुवात भइ गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरिनेछ ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले वडा नम्बर १३ मा रहेको बारकुने मन्दिरबाट भ्रमण वर्षको उद्घाटन गर्ने छ । उद्घाटनका लागि तयारी पुरा भएको जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले जनाएको छ । दाङ भ्रमण वर्षको उद्घाटन प्रदेश नम्बर ५ का सभामुख घर्तीले गर्नुहुने छ ।

यसैबीच लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ ले घुम्न जाउँ बर्दिया भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा नेपाल भ्रमण वर्ष २०२० को मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुहुने छ । मुख्यमन्त्री पोखरेलले बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट बाँके जिल्लाको जंगल सफारीको उद्घाटन गरेपछि बिहान ११ बजे बर्दियामा भ्रमण वर्षको उद्घान गर्नुहुने छ ।

भ्रमण वर्षको अवधि २०२० मा विभिन्न जिल्लामा पर्यटनसम्बन्धी मेलामहोत्सवका प्याकेज कार्यक्रम, लुम्बिनीमा ३ दिने पर्यटन बसाइको प्याकेज, ‘घुम्न जाऔंँ बर्दिया’विशेष प्याकेज, बाँके जंगल सफारी, रानीमहल पर्यटकीय महोत्सव, कमलदह पर्यटकीय मेला, महोत्सव आयोजना हुने प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...