काँग्रेस वाणगंगाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो

बसन्त पौडेल पुष १६ कपिलवस्तु

नेपाली कांग्रेसले पार्टीका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ लाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठीर्, याली, कोणसभालगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तगत कपिलवस्तु जिल्लामा पनि नेपाली कागं्रेसले विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको छ ।
सोहि अनुसार कपिलवस्तुमा काँग्रेस वाणगंगा नगर कार्यसमितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य हरीराज घिमिरेले पार्टी भित्रका आन्तरिक विषयहरुलाई सुदृढिकरण गर्दै विपीको सिद्धान्त अनुरुप अगाढि बढ्न सकेमा पार्टी बलियो हुने भन्दै नेता कार्यक्रमताहरु एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष शक्तिसिंह ठकुरीले मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ मा स्वदेश फर्किएको स्मरण गर्नुभयो । उहाँले सोही सन्देश दिने गरि तरुणदलका सबै युवाहरु सँगै सिङ्गो पार्टी पनि राष्ट्रिय मेलमिलापको नितिका साथ लाग्न सके देशमा नेपाली काँग्रेसको विकल्प नभएको बताउनुभयो ।


दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति र राजशक्ति मिल्नुपर्ने धारणा राखेका थिए।
कर्यक्रममा नेपाली कागं्रेस महासमिति सदस्य दुर्गा सेन, महाधिवेशन प्रतिनिधी छविलाल नेपाली, टेकबहादुर साही लगाएतले राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।


कर्यक्रममा पूर्व महाधिवेशन प्रतिनिधि विष्णु न्यौपाने, जेसिज सदस्य कृष्णमुरारी ज्ञवाली, खेम थापा, नेपाल महिला संघ केन्द्रिय सदस्य ईन्दिरा भट्टराई, तरुणदल क्षेत्रीय सभापति तिलक थापा, क्षेत्रीय सचिव गोविन्द आचार्य, नेपाली कागं्रेस क्षेत्र नम्बर १ क्षेत्रीय सचिव तथा नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कागं्रेस नगर सदस्य लोकराज गिरीको स्वागत तथा वाणंगा नगर कार्यसमिति सचिव रामजी सेनको संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...