Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

नेपाल भ्रमण वर्ष २०२०’ को देशैभर भव्य सुरुवात

वाणगंगा अनलाईन, पुष १७ कपिलवस्तु

‘नेपाल भ्रमण वर्ष २०२०’ को बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको भ्रमण वर्षको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा औपचारिक शुभारम्भ गरेकी हुन् । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको यो महाअभियान भएकाले सबै क्षेत्रहरु मिलेर पर्यटन विकासका लागि लाग्न आह्वान गरिन् ।

उनले हिमाल, पहाड, तराईदेखि विभिन्न संस्कृतिले भरिपूर्ण नेपालको भ्रमण गरेर अनुभव लिनसमेत आह्वान गरिन् ।

योजनाबद्ध पर्यटनको विकास गर्नसकेमा मात्रै पर्यटनले गति लिनसक्ने भन्दै राष्ट्रपति भण्डारीले पर्यटनको विकासलाई अझै पर्यटकमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुभारम्भ कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए ।

नेपाल लगानीका लागिसमेत उत्तम विन्दु भएकाले लगानीका लागिसमेत उनले आग्रह गरे । अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलरमात्र खर्च गरिरहकामा यसलाई बढाउँदै ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य रहेकोसमेत उनले बताए ।

भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले नेपालको संस्कृति, सम्पदा, भेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाइएको उल्लेख गरे ।

यसअघि, सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवर्द्धनात्मक गतिविधि सन्चालन गरेको थियो ।

त्यस्तै, सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो । सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१८ भने १२ लाख पर्यटक नेपाल आएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...