स्ववियु सभापति खत्रीको जन्मोत्सव : विद्यार्थीलाई छात्रावृत्ति प्रदान

बसन्त पौडेल पुष १७ जितपुर

पछिल्लो समय बदलिदो सामाजिक परिवेश सँगै जन्मदिन मनाउने शैलीमा पनि परिवर्तन हुँदै गएको छ । मानिसहरु आफ्नो जन्मोत्सवमा केही भए पनि सामाजिक क्षेत्रमा सामेल हुन थालेका छन् । क्षणिक मनोरञ्जन र भड्किलो खर्चको साटो सामाजिक क्षेत्रमा आफूलाई समावेश गरानेहरुको संख्यामा बृद्धि हुँदा जन्मदिनमा गरिने फजुल खर्च समेत सकारात्क काममा खर्चिने गरेको छ ।

आफ्ना यस अघिका जन्मोत्सवका कार्यक्रम समेत सिर्जनशिलतामा खर्चिएका कपिलवस्तुको शिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीले आफ्नो २८ औँ जन्मोत्सवको अवसरमा आज छात्रवृत्ति वितरण गर्नुभएको छ । लामो समय देखि विद्यार्थीहरु र विद्यालय क्षेत्रको विभिन्न नेतृत्व लिदैँ आउनुभएका खत्री हाल भने शिद्धार्थ क्याम्पसमा स्ववियु सभापति रहनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुका सचिव समेत रहनुभएका खत्रीले गरिव, विपन्न तथा जेहेन्दार ५ जना विद्यार्थीलाई छात्रनवृत्ति वितरण गरि जन्मोत्सव मनाउनुभएको हो ।

सिद्धार्थ क्याम्पसका जेहेन्दार विद्यार्थीहरु दिपा सारु, शंकर थारु, दिलमाया चापागाई, संगिता खनाल, र शिव परियारलाई उनिहरुको अध्ययनमा सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरेको खत्रीले बताउनुभयो । त्यस्तै क्याम्पसका लागि खत्रीले भित्तेघडि पनि प्रदान गर्नुभयो । क्याम्पस प्रमूख खेमराज शर्मा सहित क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष रवि बहादुर काफ्ले लगाएतेले जन्मोत्सवको शुभकाना दिनुभयो । खत्रीले गरेको कार्य उदाहरणिय र अनुसरणात्मक रहेको समेत उहाँहरुले बताउनुभयो ।
स्ववियु सभापति शुशिल खत्रीको अध्यक्षता सहित क्याम्पस प्रमूख शर्मा, सञ्चालक समितीका उपाध्यक्ष काफ्ले तथा प्राध्यापक रोमाकान्त घिमिरेलगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम स्ववियु सदस्य हरि ढुंगानको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...