Archives


ठेला व्यावसायमा आनन्द छन् भण्डारी दम्पती

पुष १७ कपिलवस्तु रामबहादुर गन्धर्व

एउटा सामान्य ठेला तर तयसैबाट मनग्य आम्दानी । सुन्दा अपत्यारिलो पनि हुन सक्छ तर कपिलवस्तुको वाणगंगा नगरपालिकाका मुख्य बजारहरुमा तपाई धेरैले ठेलामा व्यवसाय देख्नुभएको छ । उनीहरु मध्येकै एक हुन चन्द्र भण्डारी । विगत तीन वर्ष देखि एउटै ठेलामा चाउमिन र मःम व्यवसाय संचालन गरिरहेका छन् र मनग्य आम्दानी पनि ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँका भण्डारी दम्पत्ति दिनहू वाणगंगा विभिन्न हाटबजारमा ठेलामा चाउमिन र मःम लिएर पूग्छन र आफ्नो दैनिकि पनि चलाउँछन् । उनी भन्छन् धन कमाउने आशामा विदेश पनि पुगियो तर सोचे जस्तो भएन् । अहिले यो व्यवसायबाट सन्तुष्ट छु ।

दिनहुँ विदेशिने आम नेपालीहरुको प्रतिनिधित्व गर्दै उनले सुनाए, विदेशमा सोचे जस्तो सजिलो हुँदैन बरु आफ्नै देशमा सुख दुःख मेहेनत गर्न सकियो भने सहज रुपमा परिवार सँगै समय विताउन पाइन्छ र आम्दानी पनि गर्न सकिन्छ ।

उमेरले ३५ वर्ष पुगेका भण्डारी एक छोरा र एक छारी का अभिभावक समेत हुन । भण्डारी सँगै हरेक हाटबजारमा उनकी श्रीमति पनि सँगै पुगेकी हुन्छीन् । भण्डारी दम्पत्तिले निरन्तर तीन वर्षदेखी सो व्यावसाय ठेलामै संचलान गरिरहेका छन् र आर्थिक रुपमा पनि सबल बन्दै गएका छन् ।

महिना भर काम गर्ने तर अन्त्यमा आर्थिक वचत गर्न नसक्ने मानिसहरुका पिडा धेरै आईरहेका बेला ठेलाबाटै व्यवाय गर्ने उनीहरु मासिक ३० हजार बढि आम्दानी गर्छन र त्यसबाट मासिक खर्च कटाउदाँ उनीहरुको केही रकम बचत पनि हुने गरको छ । चन्द्र भण्डारी आफै सुनाउँछन, यो व्यवासयले आत्मसन्तुष्टि मिलेको छ ।

जे होस नेपालमा केहि गर्न सकिदैन भन्नेहरु र नेपालमै रहेर पनि काम पाईन भन्नेहरुका लागि भण्डारी दम्पत्ति गतिलो उदाहरण समेत पेश हुन सक्छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...