सरकारलाई उखु किसानको माघ ७ गतेसम्मको अल्टिमेटम

पुस १७, काठमाण्डौ

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको थियो । तर, पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिबद्धता लिखितरुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत् रहने किसानहरुले बताएका छन् । यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिबद्धता माग गरेका हुन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भुक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...