१२ बुँदे घोषणा पत्र जारी गर्दै सकियो पत्रकार महासंघको साधारणसभा

बर्दिया, पुस १७

दुई दिनसम्म सञ्चालन भएको नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । पर्यटकीय नगरी बर्दियाको ठाकुरद्धारामा आयोजित साधारणसभा १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । भ्रमण वर्ष २०२० का अवसरमा प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको साधारणभामा ५ नं. प्रदेशअन्तर्गत १२ जिल्लाका दुई सय बढि पत्रकार सहभागी भएका थिए । साधारणसभामा पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेतले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेश वलीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि ब्यापक छलफल गरी पास गरिएको सचिव शुक्रऋषि चौलागाईंले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...